Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

काभ्रेलीले दुबईमा नेपाली नयाँ वर्ष मनाउने

०९ आइतबार , चैत्र २०८१एक बर्ष अगाडि

काभ्रेलीले दुबईमा नेपाली नयाँ वर्ष मनाउने

काभ्रे सेवा समाज युएईले ‘नयाँ वर्ष धमाका, सांगीतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका काभ्रेलीहरुले नेपाली ‘नयाँ वर्ष, २०८२’ को अवसरमा शुभकामना आदानप्रदान तथा ‘नयाँ वर्ष धमाका, सांगीतिक कार्यक्रम’ आयोजना गर्न लागेका हुन् ।

उक्त कार्यक्रम अप्रिल १३ तारिखका दिन कन्कोड भिउ होटेलमा आयोजना गरिने समाजका उपाध्यक्ष रविन्द्र तामाङले जानकारी दिएका छन् । समाजका उपाध्यक्ष तामाङका अनुसार कार्यक्रममा नेपालदेखि चर्चित गायक विश्व दोङसहित युएईमा रहेका कलाकारहरुकाे बेजाेड सांगितिक प्रश्तुति  रहने छ ।

युएईमा रहेका काभ्रेलीहरुलाई ऐक्यबद्ध गराउँदै समाज सेवामा अभिप्रेरित गराउने मुख्य उदेश्यका साथ हुन लागेकाे उक्त कार्यक्रममा युएईमा रहेका सम्पूर्ण नेपालीलाई उपस्थित भएर कार्यक्रम भव्यरूपमा सफल बनाउन समेत उपाध्यक्ष तामाङले आग्रह गरेका छन् ।

विशुद्ध सामाजिक सेवा गर्ने उदेश्यले सन् २०१४ मा स्थापना भएकाे काभ्रे सेवा समाज युएईले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएकाे छ । समाजले स्वदेश तथा विदेशम दुखमा परेकाे काभ्रेली लगायत विभिन्न संघ संस्थ र व्यक्तीहरूलाई सहयाेग गर्दै आइरहेकाे छ ।