Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

एसइई परिक्षामा मर्यादा विपरीत कार्य गर्नेलाई जिम्मेवारीबाट हटाइयो

०९ आइतबार , चैत्र २०८१एक बर्ष अगाडि

एसइई परिक्षामा मर्यादा विपरीत कार्य गर्नेलाई जिम्मेवारीबाट हटाइयो

पर्सामा एसइई परिक्षामा मर्यादा विपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरूलाई जिम्मेवारीबाट हटाएको हो ।

माई स्थान विद्यापिठ माध्यमिक विद्यालय वीरगन्जका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफको गतिविधि संकास्पद देखिएकाले निजलाई परीक्षा अवधिभर उक्त परीक्षा केन्द्रमा प्रवेश नगराउने निर्णय  गरेको बताइएको छ । त्यस्तै सोही केन्द्रका केन्द्राध्यक्ष मुनिलाल कर्णले परीक्षाको मर्यादा र अनुशासन परिपालनामा पर्याप्त सावधानी तथा सतर्कता नअपनाएकाले निजलाई सचेत गराउने निर्णय गरेको छ ।

त्यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटा परीक्षा केन्द्रमा अनधिकृत व्यक्तिको प्रवेश देखिएकाले उक्त केन्द्रका केन्द्राध्यक्षलाई लिखित रूपमा ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ । त्यसैगरी मसिहानी केन्द्रका निरिक्षक लालबाबु यादवले परीक्षाको मर्यादा विपरीत कार्य गरेकाले निजलाई हटाउने निर्णय गरेको छ ।

त्यसैगरी सिद्धार्थ माध्यमिक विद्यालय चिनी कारखाना वीरगन्ज परीक्षा केन्द्रका धमेन्द्र पाण्डे र राम बालक यादवलाई निरीक्षकको जिम्मेवारीबाट हटाउन केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ । बैठकले परीक्षा केन्द्रहरूमा प्रश्न पत्र परीक्षा समयभन्दा २० मिनेट अगाडि मात्र खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

बैठकले सुन्दर मल रामकुमार कन्या माध्यमिक विद्यालय परीक्षा केन्द्रमा प्रश्न पत्र वितरणमा फरक परेकाले प्रश्न पत्र वितरणलगायत परीक्षा व्यवस्थापनमा सहजीकरण गर्न स्थानीय तहको शिक्षा शाखाका पदाधिकारीलाई समेत परिचालन गर्ने निर्णय गरिएको छ ।