Advertisement Banner
Advertisement Banner

२७ बिहिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

नेपाल प्रहरीका १६ जनालाई सम्पर्कमा आउन निर्देशन

०९ आइतबार , चैत्र २०८११८ दिन अगाडि

नेपाल प्रहरीका १६ जनालाई सम्पर्कमा आउन निर्देशन

लामोसमयदेखि विना जानकारी खटाइएको काममा हाजिर नभएका १६ जना प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिइएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले उनीहरुलाई चेतावनी सहित एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिइएको हो ।  

लामोसमयदेखि विना जानकारी कार्यालयले खटाएको काममा हाजिर नभएको हुनाले एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिइएको प्रकाशित सूचनामा उल्लेख गरिएको छ । त्यस्तै सूचनाअनुसार सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही गरिने पनि हेडक्वार्टरले जनाएको छ ।

स्पष्टीकरण सोधिएकामा प्रहरी सहायक हवल्दार कृष्ण कार्की र यस प्रकाश केसी, जवान वेशबहादुर राई, प्रेम पौडेल, सुजन लिम्बु, कुलजङग बस्नेत, निकेश थापा, अर्जुनकुमार दास, बिना तामाङ, ताराबहादुर श्रेष्ठ, सुजन कुँवर, सुरज थापा क्षेत्री, सन्दिप परियारसहित कार्यालय सहयोगी विवेक लिम्बु र सुनिल पुजारी छन् । 

प्रहरी नियमावली, २०७१ मा अनुमतिबिना ९० दिनभन्दा बढी गैरहाजिर रहने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ नआए पदबाट हटाउन सकिने व्यवस्था छ । यसअघि गैरहाजिर रहेकालाई सूचना टाँस गरेर सम्पर्कमा आउन निर्देशन दिएकोमा त्यसको अटेरी गरेपछि सातदिने स्पष्टीकरण सोधिएको बताइएको छ ।