Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

स्वीकृति नलिइ पात्रो छापे कारबाही गरिने

०५ बुधबार , चैत्र २०८१एक बर्ष अगाडि

स्वीकृति नलिइ पात्रो छापे कारबाही गरिने

नयाँ वर्ष नजिकिदै गर्दा नयाँ वर्षकाे पात्रो तथा भित्तेपात्रो छपाउनेकाे लहर चलेकाे छ । साेहि अवस्थालाइ मध्यनजर गर्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गर्दै समितिको स्वीकृति नलिइ पात्रो तथा भित्तेपात्रो प्रकाशन गरे बजार अनुगमनका क्रममा जफत गरी प्रकाशकलाई कानुनअनुसार कारबाही गरिने बताएकाे छ ।

यसअघि २०७७ पुस २० गते बसेकाे मन्त्रिपरिषद्को बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको थियाे । साेहि बमाेजिम पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक नपराेस भनि समितिको स्वीकृति लिएर मात्र पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न समितिले अनुरोध गरेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन् ।

त्यस्तै समितिको स्वीकृति नलिइ प्रकाशन भएका पात्रो तथा भित्तेपात्रोका विषयमा बजार अनुगमन भइरहेको उल्लेख गर्दै कार्यकारी निर्देशक ढुङ्गेलले समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रोलाई बजार अनुगमनका क्रममा जफत गरी  कारबाही गरिने भएकाले समितिको स्वीकृति लिन आह्वान गरेका छन् ।

समितिको स्वीकृति लिन केहि जानकारी चाहिएमा नारायणहिटीस्थित समितिको कार्यालयमा सम्पर्क गर्न सकिने पनि कार्यकारी निर्देशक ढुङ्गेलकाे भनाइ रहेकाे छ ।