Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बमलाई समातेकोमा युवा संगठनकाे आपत्ति, रिहा गर्न माग

०२ आइतबार , चैत्र २०८१एक बर्ष अगाडि

बमलाई समातेकोमा युवा संगठनकाे आपत्ति, रिहा गर्न माग

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बीर जलाउने निराजन बमलाई प्रहरीले पक्राउ गरेकोमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आपत्ति जनाएको छ ।

सो संगठनका सदस्य सचिवसमेत रहेका बमलाई आफ्नो विचार व्यक्त गरेकै भरमा पक्राउ गरिएको भन्दै संगठनले घोर भत्र्सना गरेको हो । विभिन्न राजनीतिक दलका नेताहरुले खुलेआम एकअर्कालाई गम्भीर आरोप लगाउँदा पनि कुनै कारबाही हुने नगरेको भन्दै संगठनले प्रश्न गरेको छ, ‘तर, राष्ट्रवादी युवालाई आफ्नो विचार व्यक्त गरेकै भरमा पक्राउ गरी कारबाही गर्नु के कानूनसम्मत छ ?’

बमलाई पक्राउ गर्नु सरकारको आडमा प्रहरी प्रशासनद्धारा गरिएको मनमानी र पूर्वाग्रहपूर्ण कार्य रहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन यो गैरकानूनी गिरफ्तारीलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र सरकारको अधिनायकवादी चरित्रको प्रमाण गर्दछ ।’

राजनीतिक गतिविधिमा संलग्न युवा नेतालाई यसरी धरपकड गर्नु प्रजातान्त्रिक मूल्यमान्यताको उपहास भएकाले तत्काल बमलाई बिना शर्त रिहाई गर्नुपर्ने संगठनको माग छ । अन्यथा, आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिइएको छ ।