Advertisement Banner
Advertisement Banner

१५ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

३० शुक्रबार , फाल्गुण २०८१एक महिना अगाडि

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

साहित्यकार लीलबहादुर क्षेत्रीको गएराति सवा १० बजे निधन भएको छ । क्षेत्रीको भारतको मरिखाली गुवाहाटीस्थित आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन भएको हो ।

साहित्यकार क्षेत्री सन् १९३३ मार्च १ तारिकका दिन गुवाहाटी टकौबारीमा जन्मिएका थिए । पहिलो कविता ‘शिवस्तुति’ का माध्यमबाट नेपाली साहित्यजगतमा उदाएका क्षेत्रीको २०१४ सालमा मदन पुरस्कार पुस्तकालयले पहिलो ‘बसाइँ’ उपन्यास प्रकाशित गरेको थियो ।

उनको पहिलो ‘बसाइँ’ उपन्यास लेखकीय जीवनकै कोसेढुंगा सावित भयो । जुन उपन्यास साझा प्रकाशनबाट प्रकाशन हुन थालेपछि यो कृति सर्वाधिक बिक्री हुने उपन्यासको कीर्तिमान राख्न समेत सफल भएको थियो ।

‘बसाइँ’ उपन्यासको अंग्रेजी लगायत विभिन्न भाषामा अनुवाद हुनुका साथै पाठ्यक्रममा समावेश भएको थियो भने उपन्यासको चलचित्र समेत बनेको छ । उनका ‘अतृप्ति’, ‘ब्रह्मपुत्रका छेउछाउ’, ‘प्रतिध्वनिहरू विस्मृतिका’ लगायतका उपन्यासहरू प्रकाशित भएका छन् ।

उनको उपन्यास संगसंगै आख्यान,नाट्य कृति,कथा,लगायत गैरआख्यान कृतिहरू समेत प्रकाशित छन् भने उनको सबै उपन्यास एकसाथ ‘समग्र उपन्यास’का रुपमा प्रकाशित भएको थियो ।