Advertisement Banner
Advertisement Banner

१५ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

गुडिरहेको गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु

३० शुक्रबार , फाल्गुण २०८१एक महिना अगाडि

गुडिरहेको गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु

गुडिरहेको फोर्स गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ । गाडीबाट हाम फाल्दा सुर्खेतको वीरेन्द्रनगर–१२, नेवारे का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय मृत्यु भएको हो ।

गएराति ११ बजे वीरेन्द्रनगर–१२, तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट सडकमा हाम फाल्दा घाइते भएका उपाध्यायको उपचारको लागि अस्पताल लगेकोमा डाक्टरले मृत घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार घाइते उपाध्यायलाई तत्काल उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लागिएकोमा डाक्टरले मृत घोषणा गरेको बताइएको छ । अहिले उनको शव प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।

यता गाडी चालक वीरेन्द्रनगर–१२ बस्ने २४ वर्षीय कुशल राना प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।