
आज नेपाली बजारमा सुनको मूल्य ४ हजारले बढेर झन्डै पौने दुई लाखमा कारोवार भएको छ । यसअघि प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकै दिन ४ हजारले बढेर १ लाख ७४ हजार ५ सयमा कारोवार भएको छ यो सम्मकै उच्च मूल्य हो ।
बिहीबार फागू पूर्णिको सार्वजनिक बिदा परेकोले सूनको मूल्य निर्धारण नगरीएको भएपनि बुधबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ भने यसअघि चाँदी २ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८६ दशलमव ६ अमेरिकी डलर र चाँदी ३३ दशलमव ८५ डलरमा कारोबार भइरहेको बताइएको छ ।
यसअघि गएको माघ २९ गते छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्य वृद्धि भएको विषयले नेपाल मात्रै नभएर विश्वका अन्य धेरै देशमा यसले चर्चा पाइरहेको छ ।
यसरि सुनको मूल्य बढ्दै गए नेपाली बजारमा सुनको मूल्य २ लाख आसपास पुग्न सक्ने व्यवसायीहरु बताउँछन् ।