
हिँजाे काठमाडाैँ उपत्यका र पहाडी र हिमाली जिल्लामा मनाइएकाे हाेलि पर्व आज तराईका जिल्लाहरूमा मनाइँदै छ । होली पर्व मनाउन सरकारले तराई-मधेशका जिल्लाहरूमा आज सार्वजनिक बिदा दिएको छ ।
हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा रङहरूको पर्व होली मनाउन लागिएकाे हाे । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्परा रहेकाे छ ।
सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ लगाउँदै सबैलाई रसरङले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगी पर्वको रूपमा लिने गरिन्छ । प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको हो ।
असत्य माथि सत्यको जितको उत्सवका रुपमा मनाइने होली पर्व मिथिला पञ्चाङ अनुसार होली पर्व भोलि शनिवार रहेकाले तराइका केहि जिल्लामा भाेलि शनिबार समेत हाेली पर्व मनाउने तयारी रहेकाे छ ।