Advertisement Banner
Advertisement Banner

०२ आइतबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

किसानलाई ब्याज अनुदानमा ऋण दिइने

२९ बिहिबार , फाल्गुण २०८१३ दिन अगाडि

किसानलाई ब्याज अनुदानमा ऋण दिइने

बागमती प्रदेश सरकारले ब्याज अनुदानमा कृषकलाई ऋण दिने भएकाे छ । बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठका अनुसार कृषकलाई चालु आर्थिक वर्षमा एक अर्ब र आगामी आर्थिक वर्षमा १६ अर्ब ऋण लगानी गर्ने तयारी रहेको बताएका छन् ।

मन्त्री श्रेष्ठले प्रदेश सरकारले आधुनिक कृषि र व्यावसायिक पशुपालनका लागि ब्याज अनुदानमा ऋण उपलब्ध गराउने बताएका छन् । उनले प्रदेशमा ३ लाख ३१ हजार किसान रहेको र उनीहरुलाई पर्याप्त मात्रामा अनुदान उपलब्ध गराउन नसकेकाकाे उल्लेख गर्दै ब्याज अनुदानमा ऋण उपलब्ध गराउने तयारी रहेकाे बताएका हुन् ।

स्थानीय तहसँग समन्वय गरि किसानलाई ऋण उपलब्ध गराउँने बताउँदै उनले किसान परिचयपत्र, वर्गीकरण र उत्पादनको आधारमा प्रदेश सरकारले नीति बनाएर विभिन्न प्रोत्साहन कार्यक्रमका साथै प्रदेशमा ‘स्मार्ट फार्म’ निर्माण गरिने समेत उल्लेख गरेका छन् ।