
आज बिहानैदेखि होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । ट्राफिक प्रहरीले उपत्यकामा होलीलाई व्यवस्थित बनाउन चेकजाँचमा कडाइ गरेको हो ।
काठमाडौं उपत्यकामा बिहानैदेखि होली मनाउन सुरु सुरु भएको र उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको बताइएकाे छ ।
अहिले काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । त्यस्तै प्रहरीले होलीलाई वस्थित बनाउन सबैले शतर्क भएर होली खेल्न आग्रह गरेको छ ।
मनाेरञ्जनकाे बहानामा सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न समेत प्रहरीले सर्वसाधारण सबैलाई आग्रह गरेको छ । नेपाल प्रहरीले काठमाडौंका ९० भन्दा बढी स्थानमा चेक जाँच गर्न प्रहरी खटाएको छ भने ड्रोनबाट समेत निगरानी गरिरहेको बताइएकाे छ ।