Advertisement Banner
Advertisement Banner

०२ आइतबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

आंशिक बदलीदेखि चट्याङसहित हल्का वर्षा हुने

२९ बिहिबार , फाल्गुण २०८१३ दिन अगाडि

आंशिक बदलीदेखि चट्याङसहित हल्का वर्षा हुने

पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण देशकाे केहि भागमा आंशिक बदलीदेखि चट्याङसहित हल्का वर्षाकाे सम्भावना रहेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेकाे छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली हुने तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने बताइएकाे छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेकाे छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाकाे सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाे छ । त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको पनि महाशाखाकाे भनाइ रहेकाे छ ।