
गएराति बर्दियामा हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ । बर्दियाकाे ठाकुरबाबा नगरपालिका–२, बलातीमा हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको हाे ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले राती १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणमा ७१ वर्षिय बलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषीराम घर्तीमगरले जनाएका छन् ।
घर नजिक रहेको खेतवारीमा लगाएको गहु‘वाली नोक्सानी गरिरहेको बेला थारुले हात्ती धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको बताइएकाे छ । हात्तीको आक्रमणपछि स्थानीय आक्रोसित भएर पूर्व पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गरेका छन् ।