Advertisement Banner
Advertisement Banner

०२ आइतबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

सन् २०२५ को साफ च्याम्पियनसिप श्रीलंकामा हुने

२८ बुधबार , फाल्गुण २०८१४ दिन अगाडि

सन् २०२५ को साफ च्याम्पियनसिप श्रीलंकामा हुने

आगामी जुनमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता श्रीलंकामा आयोजना हुने भएको छ । साफ च्याम्पियनसिप आयोजनाको लागि काठमाडौंमा बसेको साफको कार्यसमिति बैठकले सन् २०२५ को साफ च्याम्पियनसिप श्रीलंकामा गर्ने निर्णय गरेको हो ।

उक्त बैठकको निर्णय अनुसार श्रीलंकाले १७ वर्षपछि साफ च्याम्पियनसिपको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । साफ कार्यसमिति बैठकमा भाग लिन काठमाडौ आइपुगेका श्रीलंका फुटबलका अध्यक्ष जसवर उमारले २०२५ को साफ च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने पुष्टी गरेका हुन् ।

यसअघि होम अर अवे फर्म्याटमा साफ आयोजना गर्ने तयारी भइरहेको भएपनि यस पटक सेन्ट्रलाइज्ड भेन्युमै साफ च्याम्पियनसिप आयोजना गर्न लागिएको हो । श्रीलंका फुटबल फेडेरेसनको प्रस्थानमा साफका सदस्यराष्ट्रहरुले यो निर्णय गरेको श्रीलंका फुटबले जनाएको छ ।

फेडेरेसनले श्रीलंकाको लागि यो ऐतिहासिक क्षण रहेको समेत बताएको छ । यसअघि सन् २००८ मा श्रीलंकाले माल्दिभ्ससँग मिलेर साफ च्याम्पियनसिप आयोजना गरेको थियो । दक्षिण एसियाको विश्वकपको रुपमा चिनिने साफ च्याम्पियनसिपको पछिल्लो पटक साफ मेन्स च्याम्पियनसिप सन् २०२३ मा भारतको बेंगलुरुमा आयोजना भएको थियो ।

अहिलेसम्म भारतले सर्वाधिक ९ पटक साफको उपाधि जितेको छ भने माल्दिभ्सले २ पटक बंगलादेश र श्रीलंकाले १-१ पटक उपाधि जितेका छन् भने सन् २००३ देखि २०१५ सम्म साफमा रहेर खेलेको अफगानिस्तानले एक पटक उपाधि जितेको थियो ।

यता नेपालले सन् २०२१ मा माल्दिभ्समा आयोजना भएको साफमा फाइनलमा पुगेपनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । त्यस्तै पाकिस्तान र भुटान अहिलेसम्म फाइनलसम्म पनि पुग्न सकेको छैनन् ।