Advertisement Banner
Advertisement Banner

०२ आइतबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगि गर्ने ६ जना पक्राउ

२८ बुधबार , फाल्गुण २०८१४ दिन अगाडि

वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगि गर्ने ६ जना पक्राउ

विभिन्न देशमा आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगि गर्ने  ६ जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा पठाउने भन्दै ८५ लाख ५२ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गोरखा आरूघाट गाउँपालिका-४ घर भए भई काठमाडौँ महानगरपालिका-१६ बस्ने २४ वर्षीया सरू परियार, कञ्चनपुर बेलौरी नगरपालिका-३ घर भई काठमाडौँ टोखा नगरपालिका -३ बस्ने ३२ वर्षीय जेम्स राना, काठमाडौँ कीर्तिपुर नगरपालिका-६ घर भएकी ३४ वर्षीया रेखा तुलाधार, धादिङ निलकण्ठ नगरपालिका-९ घर भई काठमाडौँ महानगरपालिका-१६ बस्ने २७ वर्षीय रवि खनाल, ताप्लेजुङ सिरिजंघा गाउँपालिका-१ घर भई काठमाडौँ बुढालिकण्ठ नगरपालिका-८ बस्दै आएको  ४० वर्षीय ललित बहादुर ईवारम र ३३ वर्षीय दिपेश सुब्बा लिम्बु रहेका छन् ।

पक्राउ परेका मध्ये सरूले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ, जेम्सले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ, रेखाले जापान पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १३ लाख २ हजार रुपैयाँ, रविले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रुपैयाँ र ललित र दिपेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

पीडितहरूले दिएको उजुरीको आधारमा सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।