Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

झन्डै एक दर्जन निर्माण कम्पनी कालोसूचीमा

२८ बुधबार , फाल्गुण २०८१एक बर्ष अगाडि

झन्डै एक दर्जन निर्माण कम्पनी कालोसूचीमा

झन्डै एक दर्जन निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी १० वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

उक्त कम्पनीहरूलाई एक वर्षदेखि डेढ वर्षसम्मका लागि कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले उक्त सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन नसक्ने जनाएको छ ।