
गएराति चन्द्रागिरिमा एक जनाले फेसबुक लाइभ गर्दै आफ्नै शरीरमा आगो लगाएका छन् । राति साढे १२ बजे स्थानीय उत्तम कार्कीले फेसबुक लाइभ गर्दै आफ्नै शरीरमा आगो लगाएका हुन् ।
कार्कीले फेसबुक लाइभ गर्दै आत्मदाहको प्रयास गरेपछि तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । घटनाकाे जानकारी पाउन साथ प्रहरी घटनास्थलमा पुगेर उनलाई तत्काल उद्धार गरेकाे बताइएकाे छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिल बोहराका अनुसार कार्कीको हात र अनुहार जलेको छ भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ । फेसबुक लाइभमा उनले मानसिक तनाव भोग्नुपरेको, स्थानीय एक युवतीका कारण हिरासत बस्नुपरेको, पारिवारिक सम्बन्ध विथोलिएको र आफ्ना कान नसुन्ने बुवा तथा आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।
यसअघि आफू अभद्र व्यवहारको आरोपमा १८ दिन हिरासतमा बसेको उल्लेख गरेका थिए ।