Advertisement Banner
Advertisement Banner

३० मंगलबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

अमर्यादित रूपमा हाेलि खेले कारबाही

२८ बुधबार , फाल्गुण २०८१२ बर्ष अगाडि

अमर्यादित रूपमा हाेलि खेले कारबाही

रंगहरूकाे पर्वकाे रूपमा परिचित हाेलि पर्वलाई सभ्य, मर्यादित र संस्कृति अनुसार मनाउन आग्रह गरिएको छ । यही फागुन २९ गते मनाइने होली पर्वमा उपत्यकाकाे तीनवटै जिल्ला प्रशासन कार्यालयले अलगअलग सूचना जारी गर्दै उपत्यकामा मर्यादित र शान्तिपूर्ण रुपमा होली पर्व मनाउन आग्रह गरेकाे हाे ।

उपत्यकाकाे तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) ले सार्वजनिक सूचना जारी गर्दै सभ्य, मर्यादित र संस्कृति अनुसार होली पर्व मनाउन अनुरोध गर्दै उच्छृङ्खल गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको हाे ।

जिल्ला प्रशासन कार्यालय काठमाडाैँद्वारा जारि सूचनामा भनिएकाे छ, ‘शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रंग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न/नगराउन सबैमा अनुरोध छ ।’

त्यस्तै ललितपुर र भक्तपुर प्रशासनले पनि होली पर्व शान्तिपूर्ण र मर्यादित रुमपा मनाउन अनुरोध गर्दै तडकभडक गरे कारबाही हुने चेतावनी सहित आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नगर्न आग्रह गर्दै साँस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन सबैलाई अनुरोध गरेको छ । उपत्यका लगायत पहाडी जिल्लामा भाेलि फागुन २९ गते मनाइने हाेलि पर्व तराइका जिल्लामा भने चैत्र १ गते मनाईंदै छ ।