
यो उद्योगले सुरूमा ७५ र छिटोभन्दा छिटो १५० मे टन दैनिक कागज उत्पादन गर्नेछ । यो नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजले राष्ट्रको कूल कागजको ३० प्रतिशत माग धान्नसक्नेछ । स्मरणीय छ, नेपालले वर्षको सवा ८ अर्वको कागज आयात गर्ने गरेको छ । उद्योगपति चौधरी ग्रुपजस्तै बैंक तथा वित्तीय संस्था, बीमा, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि जस्ता अनेक सेवा क्षेत्रमा संलग्न हुँदै आएका ढकाल अब उत्पादनमूलक क्षेत्रमा देखिएका छन् । यो कागज उद्योग महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा ११ बिगाह क्षेत्रमा स्थापित रहेको छ । यो उद्योगमा डेढ अर्ब लगानी रहेको छ । यो उद्योगमा चन्द्र ढकाल, सर्राफ समूह, सुनिलगोपाल श्रेष्ठ र होमनाथ ज्ञवालीको लगानी रहेको बताइएको छ ।
अध्यक्ष ढकालले महासंघको नेतृत्वमा १० अर्ब पुँजी संकलन गरेर विभिन्न उद्योग खोल्ने तैयारी रहेको जानकारी दिएका छन् । सम्भाबनालाई अवसरमा बदल्ने इच्छाशक्ति सरकारमा छैन भन्दै उद्योग स्थापना र सञ्चालन गर्न लगानी मैत्री वातावरण बनाउन र नीतिगत सुधार गर्न सरकारलाई सुझाउ दिइरहेको बताउँछन् । अध्यक्ष ढकालको संकेत औद्योगिक वातावरणमा राजनीतिकरण गर्ने र ज्यादै नै नकारात्मक दृष्टिकोण राख्ने राजनीतिक नेतृत्वतिर रहेको सबैले बुझेका छन् ।