Advertisement Banner
Advertisement Banner

१५ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

सवारीसाधनको विद्युतीय अभिलेखीकरण गरिदै

२७ मंगलबार , फाल्गुण २०८१२ महिना अगाडि

सवारीसाधनको विद्युतीय अभिलेखीकरण गरिदै

यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेखीकरण गर्न थालेको छ । सवारीसाधनको ‘रेकर्ड’ खोज्न र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्न विद्युतीय अभिलेखीकरण गर्न थालिएको हो ।

यसअघि बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारीसाधनको अभिलेखीकरणको शुभारम्भ गरेका थिए । जसका लागि लागि कर्मचारीले सवारीको कागजात तथा तथ्याङ्क प्रविष्ट गर्ने कार्य गरिरहेको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिएका छन् ।

सवारीसाधनको अभिलेखीकरण पछी सबै सवारीसाधनको अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने तथा ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने प्रमुख श्रेष्ठको भनाइ रहेको छ । उनले अहिले दर्ता रहेको दुई पाङग्रे, तीन पाङ्ग्रे र चार पाङग्रे गरी करिब ५१ हजार सवारीसाधनको तीन–चार महिनाभित्र अभिलेखीकरणको काम सकिने गरी काम भइरहेको बताए ।