
आजदेखि ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला भएको छ । उक्त कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीको जारी पुँजी ६० करोड रुपैयाँ रहेकोमा त्यसको ३० प्रतिशत १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ ।
अन्य आइपीओमा जस्तै यस आइपीओमा पनि प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिने र न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । चैत ३ गतेसम्म आवेदन दिन सकिने र सबै सेयर बिक्री नभएमा चैत १२ गतेसम्म म्याद थप हुने बताइएको छ ।
उक्त कम्पनीको आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सकिने छ ।