Advertisement Banner
Advertisement Banner

१५ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

कास्कीमा ४.३ म्याग्निच्युटको भूकम्प

२७ मंगलबार , फाल्गुण २०८१२ महिना अगाडि

कास्कीमा ४.३ म्याग्निच्युटको भूकम्प

आज बिहान कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युटको भूकम्प गएको छ । साइमाराङ आसपास केन्द्रविन्दु भएर बिहान सवा ४ बजेको समयमा भूकम्प गएको हो ।

काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ म्याग्निच्युटको भूकम्प गएको बताइएको छ । भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

बिहानीको समयमा आएको भूकम्पको धक्काले मस्त निद्रा खलबलाइदिएको थियो भने भूकम्पले के कति क्षति पुर्‍याएको भन्ने बारे केहि जानकारी आएको छैन । गण्डकी प्रदेशमा तीन दिनको अवधिमा गएको यो तेस्रो भूकम्प हो । यसअघि फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।

यसअघि फागुन २४ गते चीनको तिब्बतस्थित सिगात्सेको दिङ्गी केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प जाँदा नेपालको केन्द्रीय राजधानी काठमाडौं सहितका जिल्लामा पनि धक्का महसुस गरिएको थियो ।