
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संसदहरुको स्वास्थ्य परीक्षण गर्ने भएको छ । मन्त्रालयले सांसदहरूमा नसर्ने रोग रहे/नरहेको पता लगाउन स्वास्थ्य परीक्षण गर्न लागेको हो ।
स्वास्थ्य मन्त्रालयले संघीय संसद सचिवालयलाई पत्र लेखेर परीक्षण कार्यका लागि सहजीकरण गरिदिन अनुरोध गरेको बताइएको छ । उक्त पत्र अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नसर्ने रोग परीक्षण गर्न चिकित्सकको टोली खटिने जनाइएको छ ।
चिकित्सकको टोलीले संघीय संसदका सदस्य, कर्मचारी र सञ्चारकर्मीहरुको नसर्ने रोगको परीक्षण गर्ने छन् । जसमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात परीक्षण गरिने छ ।
फागुन २८ गते बुधबार नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बिहान ११ बजेदेखि स्वास्थ्य परीक्षण शुरु हुनेछ । संघीय संसद सचिवालयले परीक्षणमा सहभागी हुन सांसद, कर्मचारी र सुरक्षाकर्मीहरूलाई जानकारी गराइसकेको छ ।