Advertisement Banner
Advertisement Banner

१५ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

पहाडी भूभागमा माैसम बदली हुने

२७ मंगलबार , फाल्गुण २०८१२ महिना अगाडि

पहाडी भूभागमा माैसम बदली हुने

आज देशका पहाडी भूभागकाे माैसम आंशिकदेखि साधरणतया बदली भएकाे छ । पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावका कारण पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली भएकाे हाे ।

अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली भएकाे छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसाे कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाकाे भनाइ रहेकाे छ ।

त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ भने कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरि राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको समेत सम्भावना रहेकाे बताइएकाे छ ।