
गएराती बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका-५, चिराल्नामा राति ११ बजे भे २ त १५८८ नम्बरको ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटना भएको हो ।
बाजुराको डोगडीबाट बुढिगंगातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा ट्याक्टर चालक बुढीगंगा नगरपालिका-४, खोलालवाडाका ३२ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रावतको ट्याक्टरको ट्रालीमुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त दुर्घटनामा मृतक चालकका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ट्याक्टर सवार अन्य दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।