Advertisement Banner
Advertisement Banner

१५ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

काठमाडौंमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुँदै

२६ सोमबार , फाल्गुण २०८१२ महिना अगाडि

काठमाडौंमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुँदै

आजदेखि काठमाडौंमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरू हुँदैछ । श्रम बजारमा देखिएको खाडललाई सम्बोधन गर्ने लक्ष्यका साथ आज र भोलि दुइ दिन सम्मेलनले आयाेजना गरिएकाे हाे ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे आयाेजनामा श्रम क्षेत्रका विज्ञ र सरोकारवाला पक्षले भन्ने र सरकारले सुन्ने नीतिका साथ सम्मेलन सुरू गर्न लागिएकाे हाे । सम्मेलनकाे उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।  

श्रम र सीपको सदुपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्न सम्मेलन गर्न लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जानकारी दिएका छन् । उक्त सम्मेलन मार्फत श्रम शक्तिको यथोचित उपयोग गरी रोजगारी सिर्जना गर्ने क्षेत्रको संरक्ष‌ण र प्रवर्द्धन गर्दै तथा वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पूँजीको सदुपयोग गर्ने लक्ष्य सरकारले राखेको छ ।

त्यस्तै रोजगारी सिर्जनाका लागि नीति र कानुनमा सुधार गर्न लागिएको मन्त्रालयले जनाएको छ । साथै, उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार खोज्न सम्मेलनले दिशानिर्देश गर्ने बताइएकाे छ ।

सरकारले गर्न लागेको यो पाँचौं सम्मेलनमा ५ वटा प्यानलमा छलफल हुने छ भने सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगारी प्रवर्द्धनसम्बन्धी १० बर्षे रणनीति योजनामा समावेश गर्ने जनाएको छ ।

वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि रणनीतिक योजना बनाउन समावेश गर्नेछ । सरकारी तथ्यांकअनुसार हाल १५ देखि ६५ वर्ष उमेर समूहका ३४ प्रतिशत नेपाली श्रम बजारभन्दा बाहिर रहेकाे बताइएकाे छ ।