Advertisement Banner
Advertisement Banner

१५ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन

२५ आइतबार , फाल्गुण २०८१२ महिना अगाडि

लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन

बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित सात हजार दीप प्रज्ज्वलन गरिएको छ । हिँजो शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो ।

लुम्बिनीमा चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै दीप प्रज्ज्वलन गरिएको हो । धम्मकाय फाउन्डेसनले भिक्षु–भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूको सहभागितामा शान्ति र सौहर्दताका लागि दीप प्रज्ज्वलन गरिएको बताइएको छ ।

अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष धम्मशोभन महास्थविरले नेपालको झण्डा केन्द्रभाग मानी धम्मचक्रको आकार आउने गरी दीप प्रज्ज्वलनको शुभारम्भ गरेका थिए । त्यस्तै दीप प्रज्ज्वलन गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले विश्व शान्ति र प्राणी जगत्को कल्याणको कामना गर्नु आफैँमा महत्त्वपूर्ण भएको बताएका थिए ।

थाईधम्मकायका सल्लाहकार डा. अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको बताउदै दीपले आन्तरिक र बाह्य ज्ञानलाई प्रतिविम्बन गरेको उल्लेख गरेका थिए । उक्त कार्यक्रममा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिकासहित चार सय बढीको सहभागिता रहेको बताइएको छ ।