Advertisement Banner
Advertisement Banner

१५ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

रवि कास्की जिल्ला अदालतमा उपस्थित हुँदै

२५ आइतबार , फाल्गुण २०८१२ महिना अगाडि

रवि कास्की जिल्ला अदालतमा उपस्थित हुँदै

आज कास्की जिल्ला अदालतमा दोस्रो तारेखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपस्थित हुँदैछन् । लामिछाने तारिख बुझ्न उनकी श्रीमती निकिता पौडेल सँगै कास्की पुगेका हुन्।

लामिछाने काठमाडौँबाट पोखराको कास्की जिल्लामा अदालतमा उपस्थित भएर सिधै रुपन्देही जाने बताइएको छ । रुपन्देही अदालतमा तारेख तय गरिएकाले भोलि उनले रुपन्देही अदालतमा तारेख बुझ्ने जनाइएको छ ।

उनीमाथि विभिन्न सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका लामिछाने रुपन्देहीमा १ करोड धरौटी बुझाएर छुटेका थिए भने काठमाडौं र चितवन अदालतबाट पनि धरौटीमा रिहा भएका हुन् ।