Advertisement Banner
Advertisement Banner

१५ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

चितवनमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

२५ आइतबार , फाल्गुण २०८१२ महिना अगाडि

चितवनमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

चितवनमा जंगली हात्तीको आक्रमणबाट चितवनमा एक युवकको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नामको हात्तीको आक्रमणबाट ३४ वर्षीय सुरेश महतोको मृत्यु भएको हो ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका-७ मा बस्दै आएका खैरहनी नगरपालिका–९ का स्थायी बासिन्दा महतोलाई शुक्रबार राति हात्तीले आक्रमण गरेको थियो । हात्तीले रातिको समयमा आक्रमण गरेको र महतोको शव शनिबार बिहान फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जनाएका छन् ।

यसअघि गत असोज १७ गते पनि सोहि हात्तीले हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी जद्दु सिंह थारुलाई आक्रमण गरी ज्यान लिएको थियो । दुई जनाको ज्यान लिइसकेको यो हात्तीको कारण स्थानीय बासिन्दा त्रासमा रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा जंगली हात्तीको आतंक बढेपछि स्थानीयले सुरक्षा उपाय कडा बनाउनु पर्ने माग गरेका छन् । यता निकुञ्ज प्रशासनले 'गोविन्दे' हात्तीको गतिविधि निगरानी गरिरहेको बताएको छ ।