Advertisement Banner
Advertisement Banner

२६ शुक्रबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

कुलमानलाई हटाउने प्रयास बुद्धिमानी हाेइन : महामन्त्री थापा

२५ आइतबार , फाल्गुण २०८१२ महिना अगाडि

कुलमानलाई हटाउने प्रयास बुद्धिमानी हाेइन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रयास बुद्धिमानी नभएको बताएका छन् । महामन्त्री थापाले सरकारले अवकाशको संघारमा रहेका कार्यकारी निर्देशक घिसिङलाई हटाउने प्रयत्न गर्नु बुद्धिमानी नभएको बताएका हुन् ।

महामन्त्री थापाले कार्यकारी निर्देशक घिसिङलाई हटाउने प्रयास गरेर अनावश्यक विवाद सिर्जना गरेको भन्दै तीन-चार महिनामा सेवा निवृत्त हुने व्यक्तिलाई अहिले हटाउन खोज्नु अनावश्यक रहेकाे बताए । हिँजाे सिन्धुली-१ को क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन् ।

सरकारले कार्यकारी निर्देशक घिसिङलाई हटाउने विषयमा अल्झिनुको सट्टा राष्ट्रिय हितका महत्वपूर्ण मुद्दामा ध्यान दिन आग्रह गरे । उनले सरकार नै एउटा व्यक्तिको पछि लागेर विवाद सिर्जना गरिरहेको देखिएकाले प्रधानमन्त्रीले यस्ता अनावश्यक गतिविधि रोक्नु पर्ने उल्लेख गरेका थिए ।

महामन्त्री थापाले मन्त्रीहरूलाई गम्भीर विषयमा केन्द्रित हुन आग्रह गर्दै सरकारको निर्णय प्रक्रियामा परिपक्वता आवश्यक रहेको उनकाे भनाइ रहेकाे थियाे ।