Advertisement Banner
Advertisement Banner

२६ शुक्रबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

पूर्वराजा पाेखराबाट फर्किंँदै, काठमाडौँमा शक्ति प्रदर्शन

२५ आइतबार , फाल्गुण २०८१२ महिना अगाडि

पूर्वराजा पाेखराबाट फर्किंँदै, काठमाडौँमा शक्ति प्रदर्शन

केहि समयदेखि पाेखरामा रहेकाे पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किँदै छन् । पूर्वराजा ज्ञानेन्द्र आज काठमाडौँ फर्किने तयारी रहेकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादीहरुले राजसंस्थाको पक्षमा काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी रहेकाे छ ।

पूर्वराजाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राप्रपाका नेता-कार्यकर्ता र समर्थकहरुलाई भेला हुन आह्वान गरिएकाे छ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजालाई स्वागत गर्न सबैलाई आह्वान गरेका हुन् ।

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्रले राजसंस्थाको पुनर्स्थापनाको विषय उठाएपछि राप्रपासहित राजसंस्थावादी समूहहरूले आन्दोलनलाई तीव्रता दिएका छन् । उनीहरू चाँडै नै राजसंस्था फर्किने दाबी गर्दै आएका छन् भने पूर्वराजा शाहले गण्डकी प्रदेशका विभिन्न मन्दिरहरूको दर्शन गरेर पोखरामा राजा वीरेन्द्रको शालिक अनावरण गरेका थिए ।

राप्रपाले आज दिउँसाे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्रकाे स्वागत गर्ने र स्वागतपछि शाहलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्‍याइने बताइएकाे छ । यता राजसंस्था समर्थकहरूको प्रदर्शनलाई लिएर ठूला राजनैतिक दलहरूका नेताहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

राजसंस्था समर्थकहरूको प्रदर्शनकाे तयारी भइरहेकाे बेला प्रधानमन्त्री ओली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भएको भेटलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । त्यस्तै अहिलेकाे राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्रले तराई-मधेस जागरण अभियान समेत स्थगित गरेर गणतन्त्र पक्षधर दलहरूसँग थप छलफल गर्न लागेकाे बताइएकाे छ ।

राप्रपाका नेता-कार्यकर्ता र समर्थकहरुलाई भेलालाई मध्यनजर गर्दै सरकारले काठमाडौँमा सबै प्रकारका सुरक्षाकर्मी तैनाथ गरेर सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको छ ।