Advertisement Banner
Advertisement Banner

१५ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

विभागद्वारा प्रतिजैविक औषधीको खपत विवरण माग

२३ शुक्रबार , फाल्गुण २०८१२ महिना अगाडि

विभागद्वारा प्रतिजैविक औषधीको खपत विवरण माग

औषधी व्यवस्था विभागले प्रतिजैविक औषधीको खपत विवरण मागेको छ । विभागले एक सूचना जारी गर्दै सम्बन्धित उत्पादक तथा आयातकर्तालाई त्यस्तो विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

सन् २०२४ मा खपत वा प्रयोग भएको प्रतिजैविक औषधीको विवरण पठाउन विभागको अनुरोध छ । विभागले तयार गरेको ढाँचामा इमेलमार्फत आउँदो चैत १ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको छ ।

विभागका अनुसार सन् २०२३ सम्मको प्रतिजैविक औषधीको खपत विवरण विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को विश्वव्यापी एन्टिमाइक्रोबियल प्रतिरोध र प्रयोग निगरानी प्रणाली (ग्लास) मा पेश भइसकेको छ ।

गत वर्षजस्तै सन् २०२४ मा पनि प्रतिजैविक औषधीहरुको प्रयोग तथा खपत विवरण समयमै पठाएर सहयोग गर्न विभागले आग्रह गरेको छ ।