
-पृथीछक बुढा मगर
नेपाल मगर संघ शाखा युएईले ४३ औं राष्ट्रिय एकता दिवस तथा १४८ औँ प्रथम सहिद क्याप्टेन लखन थापा मगर स्मृति दिवस मनाएको छ । युएईकाे पि एण्ड डी गाउँवेशी रेष्टुरेन्टको हलमा संघले शुभकामना आदान प्रदान गर्दै भब्यताका साथ दिवस मनाएकाे हाे ।
मगर संघ शाखा युएईका बरिष्ठ उपाध्यक्ष बिष्णु राना मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा युएई निवासी विभिन्न मगर बुद्धिजीवीहरुको उपस्थिति रहेकाे थियो । उक्त कार्यक्रमको सास्कृतिक संयोजन प्रदिप राना मगरले गरेका थिए भने कार्यक्रमलाई औपचारिक र अनौपचारिक गरि दुई भागमा बिभाजन गरिएको थियो ।
औपचारिक कार्यक्रम संघका महासचिव होम रजाली मगर र सहकोषाध्यक्ष सितल थापा मगरले सञ्चालन गरेका थिए भने अनौपचारिक/सांस्कृतिक कार्यक्रमकाे सञ्चालन प्रदिप राना मगरले गरेका थिए । मगर संघ शाखा युएईका अध्यक्ष नयन घर्ती मगर सभापति रहेको कार्यक्रमको प्रमुख अतिथिमा भुतपुर्व अध्यक्ष टंक थापा मगर र अन्य अतिथिहरुमा भुपु अध्यक्ष शिला राना मगर, मुना गाहा मगर लगायतका रहेका थिए ।
नेपाली राष्ट्रिय गान र मगर राष्ट्रिय गितसङ्गै शुरु भएको कार्यक्रममा प्रथम सहिद क्या. लखन थापा मगर सहित विभिन्न मुक्ती आन्दोलनमा सहादत प्राप्त वीरसहिदहरुको सम्झनामा मौनधारण गरिएकाे थियाे । मगर समुदायले नाचगानमा विशेष रुचि राख्ने, "कहाँ बज्यो मुरली धुन" बोलकाे गितमा सितल थापा मगर र माया रजाली मगरले स्वागत नृत्य गरेका थिए ।
युएइकाे विभिन्न प्रान्तमा कृयाशिल क्षेत्रीय समितीका अध्यक्षहरुले शुभकामना मन्तब्य राखेकाे कार्यक्रममा कलाकारहरुलाई सम्मान सम्मान गरिएकाे थियाे । माघ्य सकराती साँस्कृतिक साँझ तथा अन्तरजातीय नृत्य प्रतियोगिताका बिजेता कलाकार कुल थापा मगर, नुन सिंजाली मगर, हिरा थापा मगर, सितल थापा मगर, सबिता आले मगर, दिपा थापा मगर र रश्मि आले मगर लगायतका मगर पन्चे बाजा कलाकारहरुलाई समेत सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा परदेशमा रहेर आफ्नो कामसंगसंगै आफ्नो अध्यनलाई पनि निरन्तर दिदै शैक्षिक क्षेत्रमा दिक्षित भएको भन्दै प्रदिप पुन मगर र पृथिछक बुढा मगरलाई सम्मान गरिएको थियो । त्यसैगरि आफ्नो कार्यबेस्तताको बाबजुद पनि युएई मगर संघलाई विभिन्न माध्यम बाट साथ सपोर्ट गरेका नेमस शाखा क्षेत्रीय समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
त्यस्तै मगर संघमा लामो समयदेखि आबद्ध रहेर अतुलनीय योगदान दिएका प्रमुख सल्लाहकार मनु गाहा मगर र सचिब मेहर थापा मगरलाई युएईको बसाइलाई बिट मार्दै आफ्नो जन्म भुमी नेपाल फर्किन लागेकाेमा बिदाई सम्मान गरेको थियो ।