Advertisement Banner
Advertisement Banner

१५ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

आजबाट विधिवत रुपमा होली पर्व सुरु

२३ शुक्रबार , फाल्गुण २०८१२ महिना अगाडि

आजबाट विधिवत रुपमा होली पर्व सुरु

रंगहरूको पर्वकाे रूपमा परिचित हाेलि पर्व आजबाट विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको बसन्तपुर लगायत राजधानिकाे विभिन्न स्थानमा होलीको चीर ठड्याइएपछि होलीको विधिवत सुरुवात भएको हो ।

काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ बजेर ३३ मिनेटको साइतमा चीर ठड्याइएको छ । आज फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्वकाे विधिवत सुरु भएकाे हाे ।

हरेक वर्ष रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न सुरू गर्ने परम्परा रहेकाे छ । करिब ३० फीट अग्लो चीरलाई ठड्याएर हाेलि पर्व सुरू गरिएकाे हाे ।

धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।

वसन्त उत्सवका रुपमा समेत मानाइने याे पर्व बसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा समेत लिइन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा र्पुयाई दाह गरेपछि होली पर्व समाप्त हुन्छ ।