Advertisement Banner
Advertisement Banner

१५ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

प्लाष्टिक प्याकेजिङ हाउसमा आगलागी

२३ शुक्रबार , फाल्गुण २०८१२ महिना अगाडि

प्लाष्टिक प्याकेजिङ हाउसमा आगलागी

गएराति चन्द्रागिरी नगरपालिका-१०, बोसीगाउँमा सञ्चालित प्लाष्टिक प्याकेजिङ हाउसमा आगलागी भएको छ । राति साढे १ बजेकाे समयमा आगलागी भएकाे हाे ।

बोसीगाउँस्थित हिराकाजी महर्जनको जग्गामा सञ्चालित आर.एम. बि प्लाष्टिक प्याकेजिङ हाउसमा आगलागी भएकाे बताइएकाे छ । पुष्पा श्रेष्ठ र उनका श्रीमान रमेश पोदारद्वारा सञ्चालन गरिएकाे उक्त प्याकेजिङ हाउसमा लागेकाे आगाे बिहान ६ बजे पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ ।

काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहोराका अनुसार पुष्पा श्रेष्ठ र उनका श्रीमान रमेश पोदारद्वारा सञ्चालन भइरहेको उक्त प्याकेजिङ हाउसमा लागेको आगो बिहान ६ बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियाे ।

आगो नियन्त्रनका लागि ७ वटा दमकल र १५ वटा पानी ट्यांकर प्रयाेग गरिएकाे थियाे । नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयकाे सहयाेगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको पनि एसपी बोहोराले जानकारी दिएका छन् ।  

मध्यराजदेखि लागेकाे आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण संकलन भइरहेकाले के कति क्षति भयाे भन्नेबारे विवरण आइसकेकाे छैन् ।