
बुद्ध एयरको (9NH) जहाजले एउटा पांग्रा बिनै अवतरण गरेकाे छ । हिँजाे जनकपुरबाट काठमाडौंका लागि ६२ जना यात्रु लिएर उडेकाे जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको हाे ।
जनकपुबारबाट काठमाडौंको लागि उडेकाे उक्त जहाजकाे एउटा नोज ह्वील जनकपुरमै छुटेपछि एउटा पांग्रा बिना नै जहाज सुरक्षित अवतरण गरेको थियाे । नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नै थिएन ।
उक्त टायर जनकपुरमा चेक गर्दा विमानस्थलको रनवेको टर्निङमै ल्यान्डिङ गेयर भेटिएको बताइएकाे छ । उक्त जहाजमा प्राविधिक गडबडी देखिएकोले जहाज टेक्निकल टिमलाई हस्तान्तरण गरिएको छ ।