Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज

२२ बिहिबार , फाल्गुण २०८१एक बर्ष अगाडि

पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज

गत आइतबार हृदयघात भएर अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।  

थापाथलीस्थित नर्भिक अस्पतालका अनुसार पूर्वयुवराज पारसको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरिएको हो । पूर्वयुवराज पारसलाई एक सातापछि फलोअपमा बोलाइएको उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

अस्पतालका चिकित्सकका अनुसार पूर्वयुवराज पारसलाई योसहित चाथौ पटक हृदयघात भएको हो । यो पटक हृदयघात हुँदा पूर्वयुवराजलाई आइतबार बेलुका नै एन्जियो प्लास्टिक गरिएको थियो ।