Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

गोरखामा माइक्रोबस दुर्घटना एकजनाको मृत्यु १४ जना घाइते

१९ सोमबार , फाल्गुण २०८१एक बर्ष अगाडि

गोरखामा माइक्रोबस दुर्घटना एकजनाको मृत्यु १४ जना घाइते

गोरखामा ‘अनटेस्ट’ ईभी माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखाको शहीद लखन गाउँपालिका-३, मा माइक्रोबस दुर्घटना भएको हो ।

मनकामना मन्दिर दर्शनार्थी सवार ईभी माइक्रोबस शहीद लखन गाउँपालिका-३ मा बिहान ११ः२५ बजे दुर्घटनामा परेको बताइएको छ । आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना हुँदा चितवन खैरहनी गाउँपालिका-२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जीको मृत्यु भएको हो । 

प्रहरीका अनुसार उक्त दुर्घटनामा घाइते भएका सबै खैरहनी गाउँपालिका-२ कै रहेको बताइएको छ । घाइतेहरूमा ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गिता परियार, २६ वर्षीय सुमित चौधरी, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले रहेका छन् । 

त्यसैगरी ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीय विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीय अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको बताइएको छ ।