डा.विनिता
कांग्रेस, एमाले र एमाओवादीलाई जनताले पहिलो, दोस्रो र तेस्रो ठूलो दलको दर्जा दिए। यसको अर्थ मिलेर शासन गर, जनताप्रति जिम्मेवार होउ भन्ने जनादेश नै हो। जनादेशअनुसार शासन गर्ने व्यवस्था भनेको लोकतन्त्र हो। के यी ठूला तीन दलले जनादेशअनुसार शासन गरे त? भूकम्पको धक्काले गाास, बास, कपास र जनधनको क्षति बेहोरेका जनता अहिले पनि पीडामा छन्। मर्नु र बााच्नुको दोसााधमा छन्। जनताका लागि केही छ भने लोकतान्त्रिक पद्धति छ, लोकनेताहरु छन्, तिनले जनताको अमूल्य जीवनको रक्षा गर्नेछन् र जनअधिकारको सुरक्षा पनि गर्नेछन् भन्ने सबैलाई विश्वास थियो तर सबैभन्दा गैह्रजिम्मेवार कोही देखियो भने ती यिनै लोकनेताहरु देखिए। लोकनेताले लोकको रक्षा र लोकमतमा आफूलाई खरो उतार्न सकेनन्।
ठूलो भर थियो प्रचण्डको। जनयुद्धबाट खारिएका यी नेताले जनताको अधिकारलाई सुनिश्चित गर्छन् भन्ने लागेको थियो। तर, सबैभन्दा बढी कान चिरिएका नेता निस्किए प्रचण्ड। सत्ता र शक्ति नभई नहुने र आफूलाई जहिले पनि केन्द्र भागमा राखेर उभिने नेता बने प्रचण्ड। हेर्ने हो भने प्रचण्ड तेस्रो दलका नेता हुन् तर राजनीतिक बनावट यस्तो छ कि प्रचण्ड जता ढल्कियो, उसैको सरकार बन्छ। यही बुझेर कांग्रेसले प्रधानमन्त्रीको लालच देखायो, प्रचण्ड सरकारबाट बाहिरिने तैयारीमा जुटे। प्रधानमन्त्री ओली के कम, सानो कााटले बनेका ओली होइनन्। उनले प्रचण्डलाई चाहिएको जनयुद्धकालीन मुद्दा फिर्ता र अन्यायमा परेका जनतालाई दिनुपर्ने क्षतिपूर्ति सरकारले दिन्छ भन्ने ललीपप चुसाएर प्रचण्डलाई यसरी पगाले कि प्रचण्ड ओलीसाग लपक्कै टाासिएर बस्न बाध्य भए। प्रचण्डले भने– यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनु उचित हुनेछ।
प्रचण्डका कारणले झण्डै ओलीको सत्ता ढलेको? प्रचण्डकै कारणले ओलीको सत्ता झन जब्बर भएर सिंहदरवारमा टाासिएर बसिरहन सफल भयो। राजनीतिक दलहरु सत्ताका लागि कसरी उठक बैठक गर्न सक्छन् भन्ने राम्रैसाग देखियो। तर, घरबारविहीन बनेका जनताका लागि यो सरकार र तिनै ठूला नेताहरु किसानले बारीमा उभ्याएको बुख्यााचाभन्दा भिन्न देखिएनन्। भ्रष्टाचार र कालोबजारीले देशै कालो भइसक्यो, अझै सत्ताको कालोखेलमा लागिरहन्छन् भने यिनीहरु जनविरोधी बुख्यााचा नभए के हुन्? हुनुपर्थ्यो जनतावादी, भए स्वार्थवादी, सत्ता र शक्तिवादी। यहीकारण तीन ठूला दलहरुले जनताको आासु पुछ्न सकेनन्, जनताको आशा पूरा गर्न सकेनन्, आहत जनतालाई राहत दिन पनि सकेनन्। जनता मरिरहे, नेताहरु हात हल्लाईरहेका छन्।