Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अभ्यास हातेमालोको सातौँ संस्करण सुरु

१९ सोमबार , फाल्गुण २०८१एक बर्ष अगाडि

अभ्यास हातेमालोको सातौँ संस्करण सुरु

नेपाली सेनाको अगुवाइमा विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ‘अभ्यास हातेमालो’ को सातौँ संस्करण सुरु भएको छ । आइतबारदेखि जङ्गी अड्डामा सुरु भएको उक्त अभ्यास हातेमालो तीन दिनसम्म चल्ने छ ।

२०७५ सालदेखि वार्षिक रूपमा आयोजना हुँदै आएको ‘अभ्यास हातेमालो’ मा सरकारी तथा गैरसरकारी निकायहरूको सहभागितामा विपद् व्यवस्थापनसँग सम्बन्धित अभ्यास सञ्चालन आयोजना हुँदै आएको छ । यसको मुख्य उद्देश्य विपद् व्यवस्थापनका क्षेत्रमा भई रहेका गतिविधिहरूको समीक्षा, प्रतिकार्य क्षमताको अभिवृद्धि, तथा सरोकारवाला निकायहरूबिच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनु रहेको बताइएको छ ।

उक्त अभ्यासको उद्घाटन युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी प्रेम ध्वज अधिकारीले गरेका थिए भने उद्घाटन समारोहमा नेपाली सेनाका रथी, विभिन्न मन्त्रालय, सरकारी निकायका प्रतिनिधि, रेडक्रस तथा गैरसरकारी संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

यो अभ्यासले विपद् न्यूनीकरण, प्रतिकार्य र पुनर्स्थापनाका रणनीतिलाई थप सशक्त बनाउने अपेक्षा सहित कार्यक्रम आयोजना गरिएको हो ।