Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आमा, त्यस्तो सन्तान जन्माइदेउ न

२३ बिहिबार , बैशाख २०७३८ बर्ष अगाडि

- राजन कार्की- 
'जनतावाद नबोक्ने राजनीति टिकाउ हुन्न' भन्ने भनाई ०४६ सालपछिका २६ वर्षमा दर्जनौं पटक शिद्ध हुनपुग्यो। यो सबै नागरिकबादभन्दामाथि मबाद, फरियाबाद, आफन्तबाद, नाताबाद, कृपाबाद, चाकरीबाद, लेनदेनबाद, दानबाद, आशीर्वाद नै सबैथोक हो भन्ठान्ने राजनीतिका कारणले भएको हो। राजनीति र प्रशासनप्रति जनतामा बढ्नुसम्म घृणाभाव बढेको छ।
रत्नाकर डााका वाल्मिकी भएको इतिहास पढेका हामी कांग्रेसीमा जयप्रकाश नारायणकोजस्तो समाजवादी त्याग, माओवादीमा वुद्धकोजस्तो उच्च कोटीको मानवता र एमालेमा नैतिक मूल्य हेर्न लालायित थियौं। तर, बिच्छी, सर्प र छेपारोको चरित्रले यी तिनै पार्टीका नेता समाचारका शिर्षक बने, जनताले पत्याएको 'राजनेता' बन्न सकेनन्। पञ्चायतमा हनुमानभक्ति राजनीति थियो, लोकतन्त्रमा भोजन राजनीति स्थापित हुनपुग्यो। भ्रष्टाचार नभएको कुनै निकाय नै रहेन। घूस नदिई जनताको काम हुनै नसक्ने स्थिति आयो।
धनाध्ये पार्टी र सामन्त नेताहरुका लागि रकफेलर र अलेक्जेण्डर दी ग्रेटको दुई उदाहरण मननयोग्य हुनसक्छन्।
विश्वप्रसिद्ध रकफेलर मर्निङ्वाक गर्दै आउादा बाटोमै आाखा चिम्लेर घाम तापिरहेको एउटा व्यक्ति देखेर जङि्गए– बेकारको मान्छे। त्यो व्यक्तिले आाखा खोलेर हेर्‍यो अनि फेरि आाखा चिम्लियो। रकफेलर फेरि कड्किए– चिनिनस्, म रकफेलर। उसले आाखा नउघारिकनै भन्यो– तिमी धनाध्ये रकफेलर भएर के भयो त? मेरा लागि त तिमी गरीव हौ। रकफेलरले जिल्ल पर्दै सोध्यो– कसरी गरीव? त्यो व्यक्तिले भन्योे– तिमी कसरी धनाध्ये? रकफेलरले फेरि भन्यो– मसाग उद्योगधन्दा छ, थुप्रै पैसा कमाउाछु, कमाउादैछु। उसले सोध्यो– त्यो पैसा के गर्छौ? अरु उद्योग खोल्छु, अरु कमाउाछु। त्यो व्यक्तिले आाखा उघारेर भन्यो– रकफेलर तिमी संसारको सबैभन्दा गरीव हौ। दरिद्र र थाङ्ने विचार छ तिम्रो। तिमी आधा विश्वको धनी होलाउ तर एक दिन तिमीलाई तिम्रो शरीरले छाडिदिन्छ, तिमी बिलाएर जान्छौं। तिमी धूलो बन्छौ। संसार समयको गतिमा छ। विश्वास, आस्था र आनन्दमा छ। तिमी पैसामा धनी होलाउ, तर तिमी गरीव छौ। म विहानी सूर्यको घाम तापेर प्रकृतिमा मग्न छु, परमानन्दमा पुगिराखेको छु। म र प्रकृतिवीचको सम्बन्धमा बाधा नहाल, मेरो समय बर्बाद नगर। रकफेलर जिल्ल परेर टोलाउादै घरतिर लाग्यो।
अलेक्जेण्डर दी ग्रेट। उनी तक्षसिला जितेर फर्कदै गर्दा एउटा जोगीले बाटो छेकेर ढसमस्स बसेको देखे। अलेक्जेण्डर रिसायो– चिनिनस् म को हुा? म तक्षसिला जितेर आएको वीर अलेक्जेण्डर दी ग्रेट हुा, बाटो छोड। त्यो जोगीले जवाफ दियो– तिमीले के कव्जा गर्‍यौ, मान्छे मार्‍यौ, के जित्यौ? तिमीजस्तो फुच्चे (डल्लो कदको) को सोच पनि फुच्चे नै रहेछ। तिम्रो बलतेज ध्वाासमात्रै हो। तिमीले मान्छेको मन जित्यौ? तिमीले प्रकृतिको हावा, पानी, घाम जित्यौ? मानिसको आस्था र आत्मालाई त जित्न सकेनौ। तिमी कमजोरलाई खुकुरी देखाएर वीर भएका होलाउ, तिमीजस्तो कायरसाग के कुरा गर्नु? यतिबेला म संसारको अदृश्य शक्तिसाग कुरा गरिराखेको छु, घाम तापेर प्रकृतिमा बिचरण गरिराखेको छु। सूर्यको न्यानो घाम र मवीच मन्थन चलिरहेको छ, तिमी गए हुन्छ। जोगीको कुरा सुनेर अलेक्जेण्डर दी ग्रेट आश्चर्यचकित पर्‍यो र मनमनै सोच्दै आफ्नो बाटो लाग्यो।
हाम्रा राजनीतिक नेताहरु पटक पटक सत्तामा पुगे, शासन गरे, न सम्मान कमाउन सके, न असल शासक नै बने। चुरो कुरो जनताको विश्वास र सम्मान जित्न सकेनन्। यिनले जनताको अपेक्षा पूरा गरे, न सुझाव माने। उल्टै धर्म, परम्परा, एकताका आधारहरु भत्काउने काम गरे। यिनले बाइसे र चौबिसे राज्यको कान्छो राज्य गोर्खा थियो र यो १६१६ मा द्रव्य शाहबाट सुरु भएर नेपाल राज्यमा कुन दुःखले आर्जित भयो वर्तमान नेपाल भन्ने इतिहास पढेका भए यति निर्दयी नेता बन्ने थिएनन्। पुर्षाको कुन दुःखले आजको नेपाल निर्माण भयो भन्ने इतिहास राम्ररी पढेको र मनमा विद्वेष नराखेको भए देश भत्कने र बिग्रने चौबाटोमा पुग्ने थिएन। यिनले बिधि कुल्चिए, दण्डहीनता बढाए, भ्रष्टाचार त यिनको चरित्र बनिसक्यो। राज्यका सबै अंगप्रत्यंगमा अतिक्रमण र विदेशी चलखेलको कारक विष यिनीहरु आफै हुन् भन्ने यिनलाई अझै हेक्का भइसकेको देखिदैन। मीठो भाषण गर्छन्, तीतो व्यवहार देखाउाछन्, कति दयनीय छन् हाम्रा नेताहरु।
स्वामी बिवेकानन्दले भनेका थिए– जनता नभएको देश हुन्न, जनताको डर जहिले पनि नेतृत्वप्रति हुनुपर्छ। जनताको भयले नेतालाई सत्मार्गमा लगाउने गर्छ। कौटिल्यले लेखेका छन्– सामाजिक संस्थाहरु जहिले पनि जनताको भयबाट त्रसित हुनुपर्छ। डार्बिनको सिद्धान्तले पनि एकतामा शक्ति र अनेकतामा समाप्ति भन्छ। सोझा जनतामाथि हाम्रा नेताहरु घोर अन्याय गरिरहेका छन्।
इतिहासअनुसार तेस्रो शताव्दि बीसीमा चीनका प्रशासक र पछि गुरु बनेका कम्फुसियसलाई एकदिन आफ्नै चेला राजकुमारले सोधे– राजकाजका अपरिहार्य ३ तत्व के हुन्? गुरुले भने– सैनिक संगठन, जनतालाई राहत र सरकारप्रति जनविश्वास। यी ३ मध्ये एउटा हटाउनु परे कुन हटाउने? राजकुमारको प्रश्नमा कन्फुसियसले भने– आधा पेट खाए पनि राज्यप्रति जनविश्वास छ भने राज्य चल्छ। बाह्य खतरासाग जनता आफै लड्छन्। बााकी २ तत्वमा एक तत्व छाड्नु पर्ने अवस्थामा कुन तत्व त्याग गर्ने? गुरुले जवाफ दिए– खाने कुरा चाहिंदैन। मान्छे खाए पनि मर्छ, नखाए पनि मर्छ। राज्यप्रति जनविश्वास भएन भने राज्य नै ढल्छ। जनविश्वास राज्यको जग हो। नेपालका वर्तमान नेतृत्व र युवा पुस्ताले बुझ्नैपर्छ– १९७९ मा २५ अर्बको तेल बिक्री गर्ने इरानका राजा रेजा पहल्वीको सत्तालाई खुमेनीले ढाले। रेजा पहेल्वी जनविश्वास नपाएर ढलेका हुन्। अफगानिस्तानका जहिर शाह देखिने जनविश्वास नपाएर अपदस्त हुनुपरेको थियो। २०६४ सालमा नेपालको राजतन्त्र समाप्त भएको जनविश्वास गुमाएर हो। आजका जननेताहरुले पनि जनविश्वास गुमाएका छन्। जहाा र जहिले पनि अयोग्य शासकका कारण जनताले पीडा भोग्नुपर्छ। नेपाली जनता अयोग्य शासनको कोल पेलाईमा धरधरी रोइरहेका छन्। भूकम्पको विपदमा समेत जनतालाई नेताहरुले साथ दिएनन्। जनताको राहत समेत लुटेर खाए।
नेपाललाई उत्तरदायी र आत्मविश्वासी पृथ्वीराज चौहानजस्तो नेताको खााचो छ। आफैमा अविश्वासी र आपसी अविश्वासको संकटमा परेको स्वार्थी नेतृत्वले कसरी उत्तरदायित्वको बहन गर्नसक्छ? रङ्गभेद र जातिभेदका लागि जीवन अर्पण गर्ने नेल्सन मण्डेला दक्षिण अफ्रिकामा जन्मिए। ३० वर्षको काराबासपछि निस्केका काला मण्डेलासाग गोराहरुले हात मिलाए, संसार चकित पर्‍यो। सम्मान आर्जन गर्ने चमत्कार भनेको त्यस्तो हुन्छ, त्यागबाट चमत्कार हुन्छ। नेपालमा चर्को भाषण र स्वादिलो चुट्किलाको चमत्कारमात्र भइरहेको छ। अस्तीको पञ्चायत, हिजोको बहुदल र आजको लोकतन्त्र, जनतालाई घोडा चढ्ने व्यवस्थामा सिमित छ।
हाम्रो राजनीति सीमा मिच्नेसाग भिड्न सक्दैन, सीमामा बलात्कार गर्नेलाई दण्डित गर्न सक्दैन। सीमास्तम्भ र सीमाबाट लखेटिएका असहायलाई न्याय दिन पनि सक्दैन। कमजोरलाई तर्साउने, मार्ने, शोषण गर्ने, कारवाही गर्ने र राज्य ढुकुटी लुट्ने राजनीतिले आफूलाई राष्ट्रवादी दावी गरिरहेको छ। यिनको राष्ट्रवाद कति खोक्रो छ? जनयुद्ध र जनआन्दोलनबाट खारिएको बेनिभोलेन्स नेतृत्व भनेको त बाघको अनुहारको बनबिरालो पो साबित भयो।
महाभारतको कथामा श्रीकृष्ण भगवानको छातीमा व्याधाको तीर लागेर लड्नासाथ महारथी अर्जुनको कााधबाट गाण्डिव फुत्रुक्कै खसेको प्रसङ्ग छ। त्यो देखेर श्रीकृष्णले अर्जुनलाई भने– पार्थ आफै शक्तिशाली बन्ने साहस गर। सत्य यही थियो र यही हो। हाम्रा भविष्य निर्माता नेताहरु ब्याधाको तीर लाग्नु अघिको अर्जुनजस्तै महारथी थिए। अर्जुनलाई श्रीकृष्णको साथ थियो, हाम्रा नेताहरुले जनताको विश्वास जित्ने कामै गरेनन्। भ्रष्टाचार र अनीतिका महारथी पो बने। अर्काको खुट्टामा टेकेर शक्तिशाली बनेका हाम्रा नेताहरु कतिखेर अर्काले टेको खुस्काइदिन्छ र ग्वार्लाम्मै ढल्ने हुन्, यिनीहरुमा आत्मविश्वास नै छैन। तैपनि यिनीहरु जनबल, जनमत र जनताको सरकारको धक्कु लगाउाछन्, जनताको समर्थन छ भन्ने धमास दिन्छन्। यीभन्दा कमजोर अरु को होला? अनि नेपालको राष्ट्रबाद कसरी दह्रो हुन्छ? यिनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र राजतन्त्रको स्थायी समाधान गर्न नसक्नुको यथार्थ कारण यही हो। नेताहरु यसो हुनुमा तवायफ विचार राख्ने बुद्धिजीवी, मर्सिनरी बनेका नागरिक समाज र मानवाधिकारवादीहरु भन्ने दोष लागेकाहरुकम दोषी छैनन्। यो विदेशी सम्मोहन, भरतनाट्यमको मुरलीलयको मुग्धताको परित्याग नभएसम्म नेपाली हुनुको गौरव यसैगरी पलपल मरिरहने छ। झुक्किएर बुद्ध र परिनिर्माणका कुरा गर्नेहरुको मुखबाट अक्टोबर क्रान्ति, बोल्सेविक क्रान्तिजस्ता अबिवेकी अभिव्यक्तिहरु दिनदिनै घनिभूत भइरहनेछन्। नायकको भूमिकामा नयाा नेपाल दिन्छौं भन्ने कबूल गर्नेहरुले खलनायकको भूमिका पनि आफै गरिरहने छन्। लोकतन्त्रको लोकप्रियतामा ह्रास हुादै जानेछ। अग्ला अग्ला नेताहरुको हविगत लेण्डुप दोर्जीको दर्जामा झर्दै गइरहेको छ। अहिले देशमा देखिएको बालुवाको महलजस्तो संघीय र संवैधानिक शासन यसको प्रमाण हो।
बिस्मार्कको देश जर्मन हिटलरका ज्यादतिका कारण आज पनि लज्जित छ। सावधान, लोकतन्त्रका नेताहरुका कारणले नेपालको इतिहास कालै अक्षरले कलङ्कित भनेर नलेखियोस्। परिवर्तनपछिका ९ वर्षपछि पनि ठूला ३ दल शासनमै छन्। यिनले बिर्सनै नहुने सत्य के हो भने सबैभन्दा ठूलो प्राणी डाइनासोर नासियो, आज छैन। भनिन्छ, आफू–आफूमा मारामार गर्दा डाइनासोर मासियो, जसरी महाभारतमा कुरु बंश। यी ठूला दलले आफूलाई डाइनासोर सम्झेका छन् भने यिनको मनमुटावले, अस्वस्थ प्रतिस्पर्धाले यिनीहरु समाप्त हुने दौडमा छन्। जनता आशौच बार्न तैयार भए हुन्छ। र, जनता जनता जुधाउने राजनीतिले जोखिममा परेको राष्ट्र पनि समाप्त हुनसक्छ, चेतना भया।
१८६० मा प्रजातन्त्रका व्याख्याता अब्राहम लिंकनले दासता अमलेख गरेको इतिहास छ। नेपालमा दासप्रथा राणाले अमलेख गरे। राणा शासन ढलेको ५० वर्षपछि २०५७ साल साउन २ गते कमैया प्रथा अमलेख गरिएको हो। कमलरीप्रथा पनि हटाइयो। कमैया र कमलरी पीडामै छन्, बादीजातिको अधिकार व्यवहारमा ल्याउन सकिएको छैन। १२६ जातिमा सिमान्त बर्ग र जातजाति र भाषाभाषी कति छन्, समानुपातिक भन्ने नेताहरुलाई थाहा छैन। २०६६ साल साउन २० गते चुडामणि बन्धुले झापाको धाइजनमा मालपाडेभन्ने नयाा जाति र भाषा पत्ता लगाएका छन्। राज्य मौन छ। खोजी गर्ने हो भने नया–नया जाति र भाषा अझै भेट्टाउन सकिने सम्भावना रहेको छ। यस्तो बिबिधतामा एकतावद्ध भएर बााचेका नेपाली कहिले परतन्त्रमा परेनन् तर स्वाभिमान, सार्वभौमिकता र बिधियुक्त समानुपातिक प्रजातन्त्रको घाम अझै झुल्केन नेपालमा। नयाा संविधान कार्यान्वयन हुन नसकेर थप समस्याहरु सिर्जना हुनपुगेका छन्। कहिले दास नभएका नेपाली विदेशीको दास र राजनीतिक नेताहरुको कमैयाभन्दा कमसल राजनीति भोग्न बाध्य छन्। यसमाथि आइएनजीओको समानान्तर शासन पनि चलिरहेको छ। लोकतन्त्रमा प्रवेश गरे पनि व्यवहारमा हामी कमारोको नयाा संस्करणमा छौं भन्दा फरक पर्दैन। किनभने हामी स्वतन्त्रका नाममा विदेशीतन्त्रमा, विदेशी सहयोगमा आश्रित छौं। हामीले नेतृत्व विकास गर्नै सकेनौं, यसको परिणति हो हामी आत्मनिर्भरभन्दा बढी परजीवीको हैसियतमा छौं।
जर्मन एकीकृत राष्ट्रवादको दौडमा अगुवा विस्मार्क पुजनीय छन्। नेपाली एकीकृत राष्ट्रवादका अगुवा श्री ५ पृथ्वीनारायण शाहलाई विस्तारवादी सामन्त भनेर अपहेलना गरियो। राष्ट्रनिर्माताको सालिक भत्काउने, संग्रहालयमा राख्न आदेश दिने व्यक्ति हाम्रा नेता, नीतिकार र शासक बनेका छन्। यिनीहरु भन्छन्– नेपाललाई सिंगापुर बनाउाछौं, स्वीट्जरलैण्ड बनाउाछौं। स्वार्थ र अतिवादको थाङ्नामा सुतेर 'नयाा नेपाल बनाउने' चटके भाषणलाई कसरी पत्याउने?  
इमान्दारिता, मेहनत र निष्ठाले देश बन्छ भन्ने उदाहरण अणुवमबाट ध्वस्त जापानले देखाइदियो। देश बनाउन प्रतिवद्धतामा पसिना मिसाउनु पर्छ भन्ने उदाहरण आजको जापान, दक्षिण कोरिया र सिंगापुर हो। समाजवादी र जनवादीको पगरी गुथेर जनताको पसीनामा पौडी खेल्नेहरु कहिले पनि देशभक्त हुन सक्दैनन्। जनताले पछार्नुपर्ने नेताले जनतालाई लछारेपछि निस्केको बिकृतिले देशलाई अस्तव्यस्त पारिसक्यो। संसद नाचघरजस्तो छ, सरकार गाईजात्रे छ, पार्टीहरु सिद्धान्तहीन छन्, नेताहरु नैतिकहीन। कुनै जमाना थियो, आचार्य विनोवा भावे भन्ने गर्थे– विरोधीजति सबै मेरा मित्र हुन्। उनीहरुले मेरा गल्ती कमजोरी औंल्याई दिन्छन् र म आफूलाई सुधार गर्दै जानेछु। नेपाल परिवर्तन भयो, त्यस्तो ज्ञानको टुसो पलाएन। पार्टी र नेताहरु अहिले पनि मनभरि द्वेष राख्छन्।
बलले र धनले नेपालजस्तो अविकसित र अशिक्षित समाजमा चुनाव जित्न सकिन्छ। राष्ट्रिय नेता हुन सकिन्न। नेता भएपछि कानुन लाग्दैन, अपराधमा दण्डित हुनुपर्दैन। राजनीतिमा काला र कलंकितहरु हावी बन्नुको कारण अपराधिक प्रवृत्तिका नेता भएर हो। अपराधीहरुले राजनीतिलाई गंगास्नान र गौदान गरेर चोखिने अस्त्र बनाएका छन्। २१औं शताव्दिको युग विवेक, स्वतन्त्रता, स्वाभिमान, लोकतन्त्र र मानवाधिकारको हो भन्ने चुरो कुरो राजनीतिक दलहरुको नीति र नेताहरुको भेजा र भिजनमा घुस्न सकेन। यिनको अंशबण्डातन्त्रले राज्यका न्यायिक स्वतन्त्रता, विधिको शासन, शक्ति सन्तुलन र नियन्त्रणलाई नगरपालिकाको कन्टेनर भन्दा दुर्गन्धित बनाइसकेको छ। द्रौपदीको चीरहरणजस्तै लोककल्याणकारी राज्यका सिद्धान्तहरु हरण भइरहेका छन्। धृतराष्ट्रको शासन र दुर्योधनको नेतृत्वमा दुसासनसहितका कौरवहरुको अमानवीयता र अहिलेको लोकतान्त्रिक नेपाल उस्तै भयाबह लाग्छन् र यो कालचक्र चिर्न एकजना 'विदुर'सम्म पनि लोकतन्त्रको आागनमा कतै देखिन्न। कति कङ्गालतन्त्र बन्यो लोकतन्त्र। नैतिकतामा ह्रास आएपछि, निष्ठा समाप्त भएपछि, र सिद्धान्तलाई सौदाबाजी बनाएपछि, राजनीतिक नेतृत्व कसरी पतनमुखी हुादोरहेछ?
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासहितको संविधान जारी भइसक्यो, राष्ट्रिय जीवनमा लागू हुनैसकेन। यी तिनै विषय यति ठूलो मुद्दा बनिसकेका छन् कि यही मुद्दाका कारणले देशमा रक्तपात र नरसंहार हुनसक्ने खतराका घण्टीहरु बज्न थालिसके। द्वन्द्व समाप्त भएर शान्ति स्थापित होला भनेको द्वन्द्व झन बढेर पो गयो। राजनीतिक दलहरुले जतिसुकै फुइाकी लगाए पनि संविधान महाभारतको युद्धको कारक मुसलजस्तो बनिसक्यो। देशमा विभाजन, विभेद र विखण्डनका यति ठूला आवाजहरु सुनिन थालेका छन् कि कुनै नेतामा त्यो आवाजलाई एकतामा रुपान्तरण गर्ने औकात देखिदैन। नेताहरुले जनआस्थामा कति घात गरिसकेका रहेछन्?
देश हााक्न मौलो चाहिन्छ। मौलो बन्न सकेनन्, पार्टी, नेता, संविधान र संवैधानिक संस्थाहरु। राजनीति पागल घोडा दौडेजस्तो दौडिरहेको छ। लामकिरा बनेर जनता र देश डसेर राज्यसंयन्त्रमा बढाएको प्रदूषण र दुरावस्था सच्याउन सााचो अर्थमा व्यक्तिस्वार्थभन्दा माथि उठेको नेताको खााचो छ। नेपाल आमा, त्यस्तो एउटा सन्तान जन्माइदेउ न।