Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

म्याग्दीमा भूकम्पको धक्का

१३ मंगलबार , फाल्गुण २०८१एक बर्ष अगाडि

म्याग्दीमा भूकम्पको धक्का

आज बिहान ९ बजेर १८ मिनेटमा म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । म्याग्दी केन्द्रबिन्दु भएर आज बिहान ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको मुना भन्ने स्थानमा रहेको बताइएको छ । त्यस्तै हिँजो लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, घनपोखरीस्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर ३.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरीस्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर गएको सो भूकम्पको तीव्रता ३.१ म्याग्निच्युड रहेको थियो भने भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको थियो ।