Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

चीनले अमेरिकाको सातो लियो

२३ बिहिबार , बैशाख २०७३१० बर्ष अगाडि

केही  खगोलशास्त्रीले यस वर्षको अंग्रेजी पात्रो संसारभरी नै अनिष्टकारी समयको संज्ञा दिएका छन्। विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएअनुसार जुलाई २८ सम्म आकाश मण्डलमा गुरु चाण्डलको योग रहेको छ। २० अप्रिलदेखि ६ वटा ग्रहको गति उल्टो हनेछ। जसका कारण शनी र मंगल ग्रह बक्र दिशामा चल्नेछन् र संसारभर अनिष्ट हुन सक्नेछ। समाचारमा जनाइएअनुसार यसबीचको ६८ दिनमा संसारमा कुनै प्राकृतिक विपत्तिको घटना हुन सक्नेछ। यसरी विपत्तिका रुपमा सुनामी, भूकम्प, बाढीपहिरो आदी आउन सक्नेछ। यसअघि पनि पृथ्वी नै ध्वस्त हुने, रातदिन अध्यारो हुने लगायतका दाबी गरिएता पनि ती दाबी सत्यसावित हुन सकेका थिएनन्। यो खबर पनि त्यस्तै खालको उडन्ते हुनसक्छ।

चीनले अमेरिकाको सातो लियो

चीनले गतहप्ता परीक्षण गरेको विध्वंसकारी मिसाइल हो यो। यो मिसाइलले आधा घण्टामै अमेरिका ध्वस्त पार्नसक्ने क्षेमता राख्ने प्रचार भएपछि अेमेरिकासमेत स्तव्ध हुनपुगेको छ। भनिन्छ, यो अहिलेसम्मकै शक्तिशाली मिसाइल हो। यद्यपि चीनसाग कुन प्रकारका सामरिक क्षमता छ, कति हतियार छ भन्ने अहिलेसम्म विश्वलाई थाहा थिएन। तर यो मिसाइलपछि चीन सामरिक क्षमतामा समेत धेरै अगाडि बढिसकेको विज्ञहरुले अनुभव गरेका छन्। भनिन्छ, यो विश्वमै सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण हो। चीन सर्वश्रेष्ठ आर्थिक शक्ति बन्ने अभियानमा थियो, अव सर्वशक्तिमा दादा पनि बन्ने निश्चित छ।

चीनले यो मिसाइललाई दोङफेङ्ग–४१ नामाकरण गरेको छ र यो मिसाइल परीक्षणको भिडियो टेप विश्वभरि प्रशारण गरेर सबैलाई जिल ख्वाएको छ। सैनिकविदहरुका अनुसार यो मिसाइलले आधा घण्टाभित्र संसारका जुनसुकै कुनामा आक्रमण गर्नसक्छ। ३० मिनेटमै १४ हजार किलोमिटरसम्म दौडिने यो मिसाइलले अमेरिका, बेलायत, रुसजस्ता शक्तिशाली देशलाई आधा घण्टामै ध्वस्त पार्नसक्ने क्षमता राख्छ र एकसाथ १० वटा आणविक हतियार प्रहार गर्नसक्छ।

चीन सागरमा अमेरिका, भारत र फिलिपिन्सको संयुक्त गस्ती गर्ने घोषणा गरी सेना नै उतारेपछि रिसाएको चीनले शक्तिशाली हतियार सार्वजनिक गरेर त्यो गस्तीलाई खबरदार गरिदिएको छ। यो परीक्षणपछि एकाएक अमेरिका चीनबीच तनाव बढ्न थालेका संकेतहरु अहिले नै देखिन थालिसकेका छन्। यद्यपि अमेरिकाले चीनको यो परीक्षणप्रति असन्तुष्टिमात्र जनाएको छ। उत्तर कोरियाजस्तो सानो मुलुकले समेत अमेरिका र बााकी विश्वलाई तर्साउने गरी साना खाले आणविक अस्त्र नै परीक्षण गरिरहेको बेलामा चीनको यो परीक्षणले विश्वलाई झस्काएकोमात्र होइन कि तर्साएकै छ। यस घटनाले विश्वशक्तिहरुको सामरिक प्रतिस्पर्धा बढेर जाने संकेत पनि देखिएको छ। जतिसुकै शान्ति र सहमतिको कुरा गरे पनि राष्ट्रसंघका भिटो शक्तिहरु एकादोस्राप्रति सशंकित छन् र आफ्नो प्रतिरक्षाशक्तिको निरन्तर बृद्धि गरिरहेका छन्। सानालाई हकार्ने र आफू शक्तिशाली बन्ने होडबाजीले शान्तिकामी विश्वलाई हल्लाइदिएको छ।