Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शेखर र सशांक दुबै हिन्दूवादी

२३ बिहिबार , बैशाख २०७३८ बर्ष अगाडि

सशांक कोइरालाले म हिन्दूवादी हुँ भनेको लगत्तै अर्का कांग्रेसी प्रभावशाली नेता शेखर कोइरालाले संघीयता र धर्मनिरपेक्षताका कारण गणतन्त्र धरापमा परेको प्रतिक्रिया दिएका छन्। शेखरको सुझाव छ– गणतन्त्र संस्थागत गर्ने हो भने ८५ प्रतिशत जनताको मागअनुसार हिन्दूराज्यका लागि लाग्नुपर्ने अवस्था सिर्जना भइसक्यो।

मधेसको समस्या, आदिवासी–जनजातिको समस्या गणतन्त्रभित्रको समस्या हो। संवैधानिक समस्या हो। यी समस्यालाई संवोधन नगरी कांग्रेस सत्तामा जाँदैन। उता खुमबहादुर खड्का भारत पुगेर हिन्दूवाद र संवैधानिक राजतन्त्रका लागि ठूलै गेम खेलिरहेका छन्। पूर्वराजा एकाएक दिल्ली पुगेर गम्भीर छलफलपछि फर्किएका छन् भने खुमबहादुर खड्काले हिन्दूअभियानलाई तिब्रता दिएका छन्।  एकाएक भारतको उज्जैनमा नेपाललाई हिन्दूराष्ट्र बनाउन महासम्मेलनको आयोजना गरिएको छ र यसमा पनि पूर्वराजालाई विशेष निम्तो पठाइएको छ।

कुनै बेला रुसमा पानी पर्दा नेपालमा छाता ओढ्ने कुरा गरिन्थ्यो। अहिले दिल्लीको हावाले नेपालको राजनीतिमा तरङ्ग उत्पन्न गर्ने गरेको छ। उज्जैनबाट नेपाल हिन्दूराष्ट्र घोषणा गराउन थालिने अभियानले निश्चय नै नेपालमा ठूलै राजनीतिक हावाहुरी आउने अनुमान गरिएको छ। उज्जैनको यो महासम्मेलन मे १८ मा सुरु हुँदैन। पूर्वराजा र अयोध्या आन्दोलनका प्रमुख महन्थ गोपालदास उपस्थित हुने भनिएको छ। त्यसो भयो भने यो अभियानले नेपाललाई ढपक्कै ढाक्नेछ। \u000a    यसैवीच शेखर कोइरालाले डलरमा धर्म विक्री गरिएको गम्भीर आरोप लगाएका छन्। संविधानमा जसरी धर्मनिरपेक्षता लेखियो, यो वाक्यांसलाई करोडौं डलरमा विक्री गरिएको मत राखेका छन् शेखर कोइरालाले। स्मरणीय के पनि छ भने संविधानको अन्तिम मस्यौदामा जनतासँग सुझाव माग गरिदा जनताले हिन्दूराष्ट्र हुनैपर्ने सुझाव दिइएको थियो। जनताको सुझाव एकाएक लत्याइयो। र, संविधानमा धर्मनिरपेक्षता भन्ने शव्द तत्कालीन सभामुख सुवास नेम्वाङले छिराएको आरोप छ धेरै सभासदहरुको। नेम्वाङ क्रिश्चियन बनिसकेका छन्, एमाओवादी र केही कांग्रेसका नेताहरु समेत क्रिश्चियन बनेका र डलरमा विक्री भएको त्यतिबेलै चर्चा थियो।

हुन पनि ८५ प्रतिशत हिन्दू र ९३ प्रतिशत ऊँकार परिवार भएको मुलुक कसरी धर्मनिरपेक्ष राष्ट्र हुनसक्छ? यो प्रश्नबारे विश्वकै मंिथंगल रन्थनिएको छ।

शेखर कोइरालाका अनुसार कसले कहाँबाट कति डलरमा धर्मनिरपेक्षता विक्री गरे, यसको अनुसन्धान हुनुपर्ने माग पनि गरेका छन्। आफूले धार्मिक स्वतन्त्रताका पक्षमा मत राखे पनि क्रिश्चियत डलरवादीहरुले आफूलाई असफल पारेको उनको भनाई रहेको छ। त्यसो भए कांग्रेसले त्यो गल्ती सुधार्न लागेको हो त? यो उत्सुकताका विषयमा स्पष्ट केही छैन, तर घटनाक्रम सच्चिनेतिर गएको देखिन्छ।