Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

जलन उपचारकाे लागि हस्पिटल बनाउन सेनाकाे चासाे

१२ सोमबार , फाल्गुण २०८१एक बर्ष अगाडि

जलन उपचारकाे लागि हस्पिटल बनाउन सेनाकाे चासाे

नेपाली सेनाले सेना दिवसका अवसरमा गरिएको पत्रकार सम्मेलनमा जलन उपचारका लागि हस्पिटल बनाउन चासो देखाएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले सेनाको नेतृत्वले हस्पिटल बनाउने बारे सोचिरहेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता एवं सहायक रथी केसीले सेनाको नेतृत्वले जलनका लागि अस्पताल निर्माणका लागि सेनाको नेतृत्वले चासोका साथ हेरेको बताएका थिए । नेपाली सेनाले विभिन्न सामाजिक कार्य गर्दै आएको र यसलाई पनि आगामी दिनमा प्राथमिकता दिने उनकाे भनाइ रहेकाे छ ।

अहिले नेपालमा एउटा मात्रै जलनको उपचार केन्द्र रहेकाले बिरामीको चाप बढ्दा उपचार नपाउने अवस्था रहेकाले सेनाले यसबारे चासाे राखेकाे बताइएकाे छ ।