
हिमालपारिको जिल्लाको रुपमा चिनिने मुस्ताङको मुक्तिनाथमा यसवर्षकै पहिलो पटक हिमपात भएको छ । लामो समयको अन्तरालपछि मुक्तिनाथ क्षेत्रमा यस वर्षकै पहिलोपटक हिमपात भएको हो ।
समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको हिन्दु तथा बौद्धमार्गीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ यसवर्षकै पहिलो हिमपात भएको हो । त्यहाँका स्थानीयका अनुसार लामो समयको अन्तरालपछि मुक्तिनाथ क्षेत्रमा हिमपात भएको बताइएको छ ।
शनिबार परेको हिमपात पछी मुक्तिनाथ क्षेत्र हिउँले सेताम्मे भएको बताइएको छ । त्यस्तै मुस्ताङ प्रवेश गरेका आन्तरिक तथा बाह्य पर्यटकहरु हिउँमा रमाउन पाउँदा खुसी भएका छन् भने मुक्तिनाथ व्यवस्थापन समितिले पर्यटकको सुरक्षा र व्यवस्थापनका निम्ति सक्रियता देखाएको छ ।