Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

धनगढीमा हुने बृहत मोटरसाइकल र्‍यालीमा सहभागी हुन आह्वान

११ आइतबार , फाल्गुण २०८१एक बर्ष अगाडि

धनगढीमा हुने बृहत मोटरसाइकल र्‍यालीमा सहभागी हुन आह्वान

फागुन १३ गते धनगढीमा हुने बृहत मोटरसाइकल र्‍यालीमा सहभागी हुन आह्वान गरिएको छ । ‘राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य पुनःस्थापना, प्रदेश खारेजी, भ्रष्टाचार अन्त्य गर्ने लक्ष्यसहित आयोजना हुने बृहत मोटरसाइकल र्‍यालीमा सहभागी हुन आह्वान गरिएको हो ।

धनगढीमा आयोजना हुने उक्त बृहत मोटरसाइकल र्‍यालीमा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा धवल शमशेर राणाले आह्वान गरेका हुन् ।

यही फागुन १३ गते धनगढीको अतरियाबाट दिउसो १२ बजे बृहत मोटरसाइकल र्‍याली सुरु गरिने बताइएको छ । आन्दोलन परिचालन समितिका संयोजक राणाले भने,‘यस अवसरमा एकजुट भएर अघि बढ्न, मोटरसाइकल र्‍यालीमा सहभागी हुन आम नेपाली दिदीबहिनी दाजुभाइ, समान विचारधारा भएका दल, समूह, अभियान, व्यक्ति, संस्थालाई अनुरोधका साथ आह्वान गर्दछु ।’

राष्ट्रिय झण्डा सहित सुरु हुने उक्त बाइक र्‍यालीमा राजसंस्था पक्षधर समूह दल, धार्मिक संघ संस्था, प्रदेश तथा भ्रष्टाचारविरोधी राष्ट्रवादीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । 

त्यस्तै राप्रपाले चैतमा काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको र उक्त आन्दोलनको तयारी स्वरूप सात प्रदेशका सात प्रमुख शहरहरुमा मोटरसाइकल र्‍याली आयोजना गर्न लागिएको हो । सोहि अनुसार फागुन १३ गते धनगढीबाट सुरुवात हुन लागेको राप्रपाले जनाएको छ ।