
नेपाल प्रहरीका डीआईजी जनक भट्टराई एआईजीका लागि बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको बैठकले डीआईजी भट्टराईलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) भट्टराईलाई आज बिहान बसेको बढुवा सिफारिस समितिले अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस गरेको हो । भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छन् ।
एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि केसीको राजीनामा गत मंगलबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको र उक्त रिक्त पदमा भट्टराईलाई सिफारिस गरिएको हो । भट्टराई आईजीपी बसन्तबहादुर कुँवरका ब्याची समेत हुन् ।