Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

वाग्मती सफाइ अभियान अन्तर्गत ६ सय १५औँ शृङ्खला सम्पन्न

११ आइतबार , फाल्गुण २०८१एक बर्ष अगाडि

वाग्मती सफाइ अभियान अन्तर्गत ६ सय १५औँ शृङ्खला सम्पन्न

वाग्मती सफाइ महाअभियान अन्तर्गत ६ सय १५औँ हप्ताकाे सरसफाइ सम्पन्न गरिएकाे छ । महाअभियान अन्तर्गत गोकर्णेश्वर महादेव मन्दिरकाे तलतिरकाे भागकाे सफाइ गर्दै दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

केही वर्ष अघिसम्म सफा हुने वाग्मतीको माथिल्लो भाग पछिल्लो समय प्रदूषित बन्दै गएकाे स्थानीयवासीको गुनासो बढेपछि त्यस क्षेत्रकाे सफाइ गरिएकाे थियाे । नदी बढी प्रदूषित हुन थालेपछि वाग्मती सफाइ महाअभियानले शनिबार गोकर्णेश्वर महादेव मन्दिर तलतिरको बाँध स्थलमा सफाइ गरेको हाे ।

वाग्मती सफाइ महाअभियानको कार्यक्रमबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिएका छन् । गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा भएको वाग्मती सफाइ महाअभियानको ६ सय १५औँ शृङ्खलामा नगरप्रमुख दीपककुमार रिसाल,  उपप्रमुख सान्नानी लामासहितकाे उपस्थति रहेकाे थियाे ।

अभियानमा कर्मचारी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायण भण्डारी, गोकर्ण नगरपालिका-४ का अध्यक्ष जयराम महत, वडा नं ८ का अध्यक्ष नन्दलाल श्रेष्ठसहित जनप्रतिनिधि, मितेरी मार्ग संरक्षण समाजका अध्यक्ष पासाङ तामाङसहित पदाधिकारी, लायन्स क्लब अफ संसराका अध्यक्ष विकास थापासहित टोली, माथिल्लो वाग्मती सरसफाइ अभियान, अभियानका प्रमुख लीलामणि पौड्याललगायत सफाइ अभियानकर्मी सहभागी भएका थिए ।

त्यसैगरि वाग्मती सफाइ महाअभियान अन्तर्गत आउँदो शनिबार पशुपति राम मन्दिर अगाडि, वाग्मती नदी किनारबाट पञ्चदेवल हुँदै भुवनेश्वरी मन्दिरसम्मको भाग सफाइ गरिने निर्णय गरिएको छ ।