Advertisement Banner
Advertisement Banner

११ आइतबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

०९ शुक्रबार , फाल्गुण २०८१२ दिन अगाडि

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

आज नेपाल लगायत विश्वका विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै छ । सन् १९९९ को नोभेम्बरमा बंगलादेशले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २००२ मा यो दिवसको घोषणा गरेको थियो । युनेस्कोका अनुसार उक्त समारोह  सबैका लागि गुणस्तरीय शिक्षा, समावेशी समाज निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, दिगो विकासमा विज्ञान र प्रविधिको उपयोग एवं बहुभाषिकता र बहुसांस्कृतिकता प्रवर्द्धनमा केन्द्रित हुने बताइएको छ ।

विविधतामा एकता र अन्तर्राष्ट्रिय समझदारीलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित यो दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरूकता, सांस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

त्यस्तै आज भाषाहरूको विकास, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न पेरिसस्थित युनेस्कोको प्रधानकार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृतिक प्रदर्शन’ लगायत विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस रजत जयन्ती समारोह मनाइँदैछ ।